Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024
काठमाडौं– शान्ति प्रक्रिया, संविधान निर्माण र राष्ट्रिय सहमतिको निर्माणका लागि सोमबार तीन दलका शीर्ष नेताहरुको बैठक बस्दैछ । तर शीर्ष बैठक सफल हुन माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षधर बाधक बन्ने संकेत देखिएको छ ।
वैद्य पक्षधर नेता नेत्रविक्रम चन्द ‘विप्लव’ ले पार्टी लाइनविपरीत हुने कुनै सम्झौता मान्य नहुने बताए । उनले तीन दलसँग बढी लचिलो भएर सहमति भए तत्काल विरोध गर्ने र प्रदर्शन गर्ने बताए ।
माओवादीको संस्थापन पक्षले कांग्रेस एमालेले भन्दै आएबमोजिम ६ हजारसम्म लडाकु समायोजन गर्ने तयारी गरेका छन् । त्यसमा वैद्य पक्षको असहमति छ ।
यसैबीच एकीकृत नेकपा (माओवादी) को आइतबार साँझ बोलाइएको स्थायी समितिको बैठक उपाध्यक्ष मोहन वैद्य पक्षधर नेताहरु अनुपस्थित भएपछि स्थगन भएको छ ।
दिउँसो ४ बजेका लागि बोलाइएको बैठकमा साँझ ५:३० बजेसम्म पनि उपाध्यक्ष वैद्य समूह अनुपस्थित भएपछि बैठक स्थगन गरिएको थियो ।
माओवादी प्रवक्ता दीनानाथ शर्माले उपाध्यक्ष मोहन वैद्यलगायतका नेताहरु अनुपस्थित भएपछि औपचारिक रुपमा बैठक बस्न नसकेको जानकारी दिए ।
उनले  बैठकमा शान्ति प्रक्रियाका विषयमा निर्णय लिइने तयारी भए पनि अर्को बैठकले त्यसबारे निर्णय लिने बताए ।
शान्ति प्रक्रिया र संविधान लेखनका विषयमा राजनीतिक सहमति गरेर प्राविधिक समितिलाई जिम्मा दिने तयारी भइरहेको प्रवक्ता शर्माले बताए ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराईलगायतका नेताहरु पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठकमा सहभागी हुनका लागि आए पनि उपाध्यक्ष वैद्य, महासचिव रामबहादुर थापालगायतका नेताहरु बैठकमा उपस्थित हुनु भएन  ।
तपाईको प्रतिक्रिया