Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
टोकियो– भियतनामी प्रधानमन्त्री न्गुयेन तान डुङ्ग चारदिने भ्रमणको क्रममा आइतबार जापान आइपुग्नुभएको छ ।
उहाँको भ्रमणमा जापानले भियतनामलाई आणविक ऊर्जा संयन्त्र उपलब्ध गराउन मद्दत गर्ने आशा गरिएको छ ।
औपचारिक तालिकाअनुसार डुङ्ग जापान आइपुग्नु भएपछि जापानी प्रधानमन्त्री योसिहिको नोदासँग वार्ता गर्नु अगाडि त्यहाँका सांसदहरूसँग रात्रिभोजमा रहनुहुने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री डुङ्गले आगामी मङ्गलबार गत मार्च ११ मा सुनामीबाट प्रभावित जापानको उत्तरपूर्वी तटवर्ती क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
जापानी सञ्चारमाध्यमका अनुसार जापानले दुईवटा आणविक भट्टीको लागि सहयोग गर्ने जापानी प्रधानमन्त्री नोदाले तय गर्नुभएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया