बुधबार, आषाढ ०५, २०८१
Wednesday, June 19, 2024
काठमाडौं- प्रधानसेनापति छत्रमान सिंह गुरुङ चीन प्रस्थान गर्नु भएको छ । चीनको चिनिया जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा गुरुङ छ सदस्यीय टोली सहित आज चीनतर्फ प्रस्थान गर्नु भएको हो ।
गुरुङलाई बलाध्यक्ष रथी गौरव शम्शेर ज.व.रा. तथा नेपालमा रहेको चिनिया दुतावासकी उपप्रमुख वाङ लिक्सिनले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नु भयो । आइतबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले गुरुङको चीन भ्रमणलाई स्वीकृत प्रदान गरेको छ ।
बैठकले बीरेन्द्र सैनिक अस्पताललाई चीनले दिने उपकरण सहयोगलाई पनि अनुमोदन गरेको छ । गुरुङ्गले चिन भ्रमणका क्रममा यो सहयोग सम्बन्धी सम्झौता गर्ने कार्यक्रम छ ।
तपाईको प्रतिक्रिया