Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

टोकियो – नेपालीहरुको महान पर्व दीपावलीको देशबिदेशमासमेत रौनकता छाइरहँदा जापानमा रहेका नेपालीहरुले पनि आफ्नो सँस्कृतिलाई पछ्याए । म्याग्देली सञ्जालले जापानमा रहेका नेपालीहरुलाई एकैथलोमा भेला गराएर देउसी भैलो र आफ्नै गाउँ ठाउँको सम्झना गराउने लोकभाकाहरुको प्रस्तुती रहेको साँगीतिक कार्यक्रम “देउसी साँझ” शनिबार साँझ टोकियोमा सम्पन्न गरेको छ ।

कलाकारहरुले देउसी भैलो खेलेर तिहारको सांस्कृतिक पक्षको उजागर गरिएको सो कार्यक्रममा उपस्थित अतिथिगणहरुले दीपावलीको शुभकामना ब्यक्त गरेका थिए । प्रमुख अतिथिको आसनबाट दीपावलीको शुभकामना मन्तब्य ब्यक्त गर्दै नवनिर्वाचित एनआरएन आइसीसीका कोषाध्यक्ष भवन भट्टले नेपालीहरुको जीवनमा सुख, समृद्धि र शान्तिको कामना गरे । देउसी साँझ कार्यक्रममा दीपावलीको शुभकामना मन्तब्य ब्यक्त गर्नेहरुमा नेपाली लोकतान्त्रिक मञ्च जापानकी अध्यक्ष सिर्जना काफ्ले, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापानका अध्यक्ष दिनेशराज ज्ञवाली, नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष बेलु थापा, थकाली सेवा समितिका अध्यक्ष शरदकुमार गौचन, नेपाली समाचार साप्ताहिक तथा समुद्रपारि डट कमको प्रकाशन संस्था जिएमटी मिडियाका प्रबन्ध निर्देशक डा. भूपालमान श्रेष्ठ, माया नेपाली संगीत संस्थाकी अध्यक्ष युको ओकामोतो मल्ल, एनआरएन जापानका प्रतिनिधि नम्रता पाण्डे, नेपाली जनसम्पर्क समितिका प्रतिनिधि रामकृष्णबम मल्ललगायतका रहेका थिए ।

आयोजक संस्थाका अध्यक्ष महेन्द्र खड्काको सभापतित्वमा भएको देउसी साँझ कार्यक्रमको प्रमुख अतिथि भवन भट्टले दीपावली गरेर उदघाटन गरेका थिए भने उपस्थित महानुभावहरुका लागि उपाध्यक्ष खेमनाथ पौडेलको स्वागत मन्तब्य रहेको थियो ।

देउसीरे, भैलो, सालैजो, घम्साघम्सीको लोक दोहोरी र जिल्लाका पुराना लोकभाकाहरु प्रस्तुत गरेर कलाकारहरुले तिहारको तिर्सना मेटाउनुकासाथै यथेष्ट मनोरञ्जन प्रदान गरेका थिए । कलाकारहरुमा रामकृष्णबम मल्ल, सूर्य खड्का, महेन्द्र वानिया, छक्कू उदासी, सरास्वती बुदुजा, राधिका सापकोटा, यमा शेरचन (गुरुङ), रसमला जुग्जालीलगायतका थिए । देउसी भैलोमार्फत इच्छुक महानुभावहरुबाट दक्षिणा पनि संकलन गरिएको थियो ।

जापानमा रहेका म्याग्देलीहरुको प्रयासमा जिल्लामा एउटा सानै भएपनि नमूनायोग्य कार्य गर्नका लागि आर्थिक श्रोत जुटाउने उद्देश्यले देउसी साँझ कार्यक्रमको आयोजना गरेको कुरा सञ्जालका सचिव खेम मल्लले बताए । सञ्जालले गत बर्षदेखि तिहारमा देउसी साँझ कार्यक्रम, तीजमा चेलीबेटीहरुलाई दर खुवाउने र नयाँ बर्षा बृहत साँगीतिक कार्यक्रम गर्ने योजनाकासाथ अगाडि बढेको बताईएको छ । ***
अन्य फ़ोटोहरु: 

तपाईको प्रतिक्रिया