Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
टोकियो- जापानवासी नेपालीलाई अहिले फुटबलको नशाले छोएको छ ।
एनआरएन सम्मेलन र दशै तिहार सकिएलगत्तै नोभेम्बर १३ मा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । खेल नागोयाको खासुगाईस्थित च्युबू बिश्वविद्यालयको फुटबल मैदानमा सम्पन्न हुनेछ ।
एनआरएन जापान  र जापानमा अध्ययन गरिरहेका नेपाली बिर्थीहरुको छाता संगठन नेपाली बिर्थीहरुको समाज जापान (नेसाज)बीच प्रतिष्पर्धा हुने खेलमा जापानको प्रमुख शहरहरु टोकियो, ओसाका, सिजुओका फ़ुकुओका र हिरोसिमामा  रहेका नेसाज तथा एनआरएनका सदस्यहरुको उपस्थिति रहने आयोजकहरुले जनाए ।
खेलमा कसैको हार र जीत भन्दापनि सबै नेपालीहरुमा एक अर्काप्रतिको आत्मियता साटासाट गर्ने माध्यमनै यस खेलको प्रमुख उद्देश्य रहेको एनआरएन जापानका सल्लाहकार तथा खेलमा  एनआरएन जापान तर्फका संयोजक पारसमणि पोखरेलले बताए । ***
तपाईको प्रतिक्रिया