Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
जनकपुर– एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरु आइतवार जनकपुर आउने भएका छन् । हिन्दुहरुको महान पर्व छठको अवसरमा शुभकामना अदान प्रदान गर्नका लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत माओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’, उपाध्यक्ष मोहन वैद्य ‘किरण’, लगायतका शीर्षनेताहरु जनकपुर आउने जनकपुरुरधाम आउने भएका हुन् ।
एकीकृत नेकपा माओवादी मिथिला मधेश राज्य समितिको आयोजनामा हुन लागेको दीपावली, छठ, बकरीद र नेपाल सम्वतको अवसरमा शुभकामना अदान प्रदान कार्यक्रममा अध्यक्ष प्रचण्ड, उपाध्यक्ष किरण, प्रधानमन्त्री तथा उपाध्यक्ष डा. भट्टराई, नारायणकाजी श्रेष्ठ, महासचिव रामवहादुर थापा ‘वादल’, र मधेश व्युरो इन्चार्ज गिरिराजमणी पोखरेल लगायतका नेताहरुको सहभागीता रहने जनाइएको छ ।
शुभकामना अदान प्रदान कार्यक्रम जानकी मन्दिरको प्राङ्गणमा गरिने आयोजकले जनाएको छ । कार्यक्रममा सहभागीताका लागि विभिन्न राजनीतिक दलका नेताहरु, उद्योगी व्यापारी, वुद्धिजीविलाई आमन्त्रित गरिएको छ । यता, कार्यक्रममा किरण आउने भनिएतापनि उनका गुटले जनकपुरमा उनीहरुको आगमनका वारेमा आफूहरुलाई त्यस्तो कुनै जानकारी नरहेको वताएका छन् ।
माओवादीका कुन नेताहरुको जनकपुर आउने कार्यक्रम छ त्यो आफूहरुलाई थाह नभए पनि कार्यक्रममा उपाध्यक्ष किरण र महासचिव वादल नआउने माओवादीका धनुषा इन्चार्ज रोशन जनकपुरीले दावी गरेका छन् । उनका अनुसार वैद्य र वादल नआउने आफूहरुलाई थाहा भए पनि अन्यको वारेमा थाहा छैनन् ।
जनकपुरीले जनतामा भ्रम फैलाउनको लागि मात्रै यस्तो प्रकारको प्रचारवाजी गरेको दावी गरेका छन् । उनीहरुको वारेमा औपचारिक जानकारी नआएका कारण आफुहरु केहि भन्न नसक्ने वताएका छन् । तर माओवादीका अर्का धनुषा इन्चार्ज रामचन्द्र मण्डलले धनुषाका इन्चार्ज आफू मात्र रहेको दावी गर्दै उनीको आगमनकावारेमा आफूलाई थाहा रहेको वताएका छन् ।
तपाईको प्रतिक्रिया