Deneme Bonusu Veren Siteler
शनिबार, फाल्गुण ०३, २०८१
Saturday, February 15, 2025
विराटनगर– मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का केन्द्रीय उपाध्यक्ष एवं कृषि मन्त्री नन्दनकुमार दत्तले सरकार निर्माणका क्रममा संयुक्त मधेसी मोर्चाले समग्र मधेस एक प्रदेशको माग छोडिसकेको खुलासा गरेका छन् ।
विराटनगरमा आयोजित अभिनन्दन कार्यक्रममा मन्त्री दत्तले नाम जे राखेपनि एक मधेस एक प्रदेशमा मोर्चाबीच सहमति चितवन पूर्व र पश्चिम गरी दुई प्रदेश राख्ने खाका संविधान सभाको राज्यपुर्नसंरचना समितिलाई बुझाइसकेको जानकारी समेत दिए ।
काँग्रेस र एमालेले मधेसमा दुई प्रदेश राख्नेमा पनि विरोध जनाइराखेको अवस्थामा परिवर्तनकारी शक्ति माओवादीसँग मोर्चाको सहमति भएपछि मधेसमा दुई प्रदेश बनाउने सहमति गरेको मन्त्री दत्तले स्पष्ट पार्नुभयो । राज्यपुर्नसंरचनाका विषयमा मधेशी मोर्चाले गठन गरेको एक उच्च स्तरीय सुझाव समितिका ५ जना सदस्य मध्येका एक मन्त्री दत्तले मधेश मुद्दामा माओवादी लचकदार देखिएपछि मोर्चाले वर्तमान सरकार निर्माण गरेको र त्यो गठबन्धनबाट मधेश विरोधी एमाले र काँग्रेसलाई क्यान्सर र टाइफाइड रोग लागेजस्तै छटपटाहट भइरहेको उल्लेख गरे ।
मन्त्री दत्तले दलहरु गम्भिर रुपमा भित्रभित्रै काम गरीरहेका र केहि सामान्य विवादमात्र बाँकी रहेकोले मंसिर १४ गतेअघि नै शान्ति प्रकृया टुंगो लागी सबै समुदायको हक अधिकार सुनिश्चित गर्ने संविधानको एकीकृत मस्यौदा जनताको हातहातमा आउने दाबी गरे ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया