शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024
काठमाडौं- दश वर्षअघि दुवै मृगौला प्रत्यारोपण गरिएका साहित्यकार दाहाल यज्ञनिधिको नियमित औषधि उपचारका लागि मासिक करिब रु एक लाख खर्च लाग्न थालेको छ ।
‘एन्टी बडी रिजेक्सन’ भएपछि गत असोज २५ गते भारतको चेन्नाइमा उपचारका लागि जानुभएका साहित्यकार दाहाल त्यहाँबाट स्वदेश र्फकेपछि पनि महङ्गा औषधिको सेवन गर्नुपर्ने भएकाले उहाँलाई खर्च जुटाउन धौधौ पर्ने भएको छ ।
नागार्जुन साहित्यिक प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका दाहालले आफूलाई माइसेप्ट, टाकोलिम्सेजस्ता महङ्गा औषधि नियमित सेवन गर्नुपर्ने बताउनुभयो ।
उहाँलाई त्यहाँको सेन्ट थोमस माउन्ट अस्पतालमा वरिष्ठ मृगौला रोग विशेषज्ञ पी रविचन्द्रन्ले परीक्षण गर्नुभएको थियो ।
भारतको उपचार र बसाईका क्रममा मात्रै रु चार लाख ३० हजार खर्च भएको उहाँले बताउनुभयो ।
साहित्यकार दाहालको उपचारमा सघाउन नेपाल प्रज्ञा प्रतिष्ठानले गत वर्ष रु. २५ हजार प्रदान गर्ने गरे पनि सो रकम न्यून भएको भन्दै उहाँले हालसम्म सो रकम नलिएको पनि जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया