Deneme Bonusu Veren Siteler
बुधबार, माघ ३०, २०८१
Wednesday, February 12, 2025

क्वालालम्पुर – गत बिहीबार मलेसिया आइपुगेको केही घण्टा नबित्दै तीन नेपाली महिलाको सडक दुर्घटनामा मृत्यु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा आइपुगेका उनीहरु बिहीबार बिहान क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट केलाङस्थित टप ग्लोब कम्पनीतर्फ जानेक्रममा उनीहरु चढेको भ्यान व्यस्त सडकमा दुर्घटनामा परेको थियो । तर सो दुर्घटना के कारणले भयो भन्ने जानकारीमा आइसकेको छैन ।

दुर्घटनामा सिन्धुपाल्चोक घर भइ टप ग्लोब कम्पनीमा कामका लागि आएकी डिल कुमारी श्रेष्ठ (राहदानी नं ०५५५६१२८), झापाकी कमलादेवी गुरागाईं (राहदानी नं. ०५४७२२७१) र सोही जिल्लाकी गुम्दाकी दिल माया गुरुङ (राहदानी नं. २५८१९३५) को घटनास्थलमै मृत्यु भएको क्वालालम्पुरस्थित नेपाली दुतावासले पुष्टि गरेको छ । उक्त दुर्घटनामा मृत्यु भएका तीनै जनाको हाल पोस्टमार्टम भइरहेको र शवलाई नेपाल पठाउने तयारी भइरहेको पनि दुतावासले जनाएको छ ।

त्यसैगरी दुर्घटनामा परी अन्य १६ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको सुंगाइबुलो र केलाङस्थित अस्पातालहरुमा उपचार भइरहेको छ भने अन्य १२ जनालाई सामान्य उपचारपछि कम्पनीको आवासगृहमा राखीएको छ । हाल उपचाररत फालावाङ्ग २, सल्यानका मन बहादुर वलि, चुलाचुली-३ की जीना राई, गोरखाकी लालमाया गुरुङ्ग र मंगलटार काभ्रेका बाबु तामाङ्गको स्वास्थ्यस्थिती सुधारोन्मुख रहेको उपचारमा संलग्न डाक्टरलाई उध्दृत गर्दै दुतावासले जनाएको छ ।

नेपाली दूतावासले उक्त घटनाबारे जानकारी पाउना साथै शुक्रबार बिहानै सो दुर्घटनाको बारेमा जानकारी लिइ घाइतेहरुको अवस्था बुझेको थियो । घटनाबारे शुक्रबार विहान यहाँस्थित नेपाली राजदूत डा. ऋषिराज अधिकारी, श्रमसहचारी सूर्य प्रसाद भण्डारी र द्वितीय सचिव चक्रकुमार सुवेदी सहितको टोलीले अस्पताल र टप ग्लोव कम्पनीमा स्थलगत भ्रमण गरी जानकारी लिएको हो ।

नेपाली दुतावासले मृतक तीनै जनाको दुर्घटनाको क्षतिपूर्ति साथै जीवन बिमा दिलाउन कम्पनीपक्षलाई आग्रह समेत गरेको छ । कम्पनीले नेपाली दुतावाससँग घटनामा परी मृतक तथा घाइतेप्रति चिन्ता व्यक्त गर्दै राहत तथा बिमा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको बताइएको छ ।

नेपाली राजदूतावासले सो दुःखद् घटनाबाट मर्माहत भएको जनाउँदै मृतकका आत्माहरुको चिरशान्तिको कामना एवम् शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै विज्ञप्ती समेत जारि गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया