शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024
काठमाडौं- गत अक्टोबर १ तारिख साँझ ११ बजेर ४० मिनेट जाँदा काठमाण्डौंबाट न्यूयोर्क उड्ने तरखरमा सोलुखुम्बु खुम्जुङ निवासी डिचेन डोल्मा शेर्पा त्रिभुवन अन्तराष्टिय बिमानस्थलमा रातको साढे ९ बजे पुगिन् ।
३ बर्ष देखि बिछोडिएका आफ्ना पति लाक्पा शेर्पासँग भेट्ने आशाले बिमानस्थल पुगेकी डिचेन डोल्मा शेर्पालाई अध्यागमनका कर्मचारीको पुरै टोलीले एकै स्वरमा तिमी त शेर्पा रहेछौ नेपाली होइन जस्तो छ, पासपोर्ट र नागरिकताको भरमा नेपाली हौ भन्न हामी सक्दैनौ त्यसैले तिम्रो यो पासपोर्ट र नागरिकतालाई जिल्ला प्रशासन कार्यालय गई रुजु गराएर पत्र ल्याउनु पर्छ भनेर अड्काई दिए साथसाथै अध्यागमनकै कर्मचारीहरुले उपाय पनि बताउन पछि परेनन् ।
एक लाख पचास हजार रुपैंया तुरुन्तै दिने भए शेर्पालाई उक्त उडानमा जान मिल्ने गरि अध्यागमनले पठाउने थियो तर शेर्पाले घुस दिन मानिनन् बरु जिल्ला प्रशासनबाट भोलिपल्ट पत्र नै ल्याउंछु भनेर निस्कन लाग्दा अध्यागमनका कर्मचारीले उनलाई सहयोग गरिदिने बहानामा फोन नम्बर चाहिँ माग्न छुटाएनन् ।
भोलिपल्ट अध्यागमनका बस्नेत थरका एक जना कर्मचारीले आफ्नै गाडिमा राखेर शेर्पालाई जिल्ला प्रशासन कार्यालय त लगे तर बाटै देखि यो झन्झटमा नलागिकन खुरुक्क भनेको पैसा देऊ भोलिपल्टको उडानमा जाऊ भन्न थाले, ती कर्मचारीले ।
जिल्ला प्रशासन कार्यालय पनि सरकारी कार्यालय हो भन्दै उनले भने- ‘नेपालका सबै सरकारी कार्यालय यस्तै हुन यहाँ पनि घुस नदिइ हुदैन भनेर तर्साउँदै धम्क्याउँदै फकाउँदै अन्त्यमा डिचेन शेर्पालाई १ लाख घुस दिन बाध्य बनाइयो ।’

विमानस्थलमा १ लाख घुस लिने बस्नेतलाई कारवाही गर्न माग

घुस्याहा बस्नेतलाई कडा कार्वाहीको माग

तपाईको प्रतिक्रिया