Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पूर्णबहादुर बस्नेतले गत असोज २५ गते दिचिन डोमा शेर्पासँग एक लाख दस हजार  घुस लिएको भन्दै ती कर्मचारीलाई कडा कारबाहीको माग गरेका छन्।

नेपाल आदिवासी जनजाति महासङ्घ, नेपाल शेर्पा सङ्घ, नेपाल शेर्पा महिला सङ्घ, शेर्पा वर्ल्ड डट कमद्वारा गत बुधबार संयुक्तरुपमा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका प्रतिनिधिले दोषीलाई कानुनी कारबाही गर्नुपर्ने माग गरेका हुन्।

शेर्पा वर्ल्ड डट कमका अध्यक्ष छिरिङ शेर्पाले दिचिन डोमालाई सम्पूर्ण कागजात तयार गरी असोज २१ गते अमेरिका जाने क्रममा विमानस्थलका केही कर्मचारीले केही कागजात नमिलेको भन्दै पाँच दिन अल्मलाएपछि उनले असोज २५ गते विमानस्थलका कर्मचारी पूर्णबहादुर बस्नेतलाई एक लाख दस हजार बुझाएर असोज २६ गते अमेरिका गएको बताए ।

बिशेषगरी हिमाली आदीबासीहरुलाई तिब्बती भन्ने तराईको आदीबासी मधेशी समुदायहरुलाई ईन्डियन भन्ने र पहाडका गोर्खा सैनिकका परिवारहरुलाई बर्षौ देखि बिभिन्न दुख:हरु दिँदै आएकोमा आक्रोशित हुँदै छिरिङ तेन्जिङ शेर्पाले भने -यदी प्रशासनले कुनै कार्यबाही नगरेको खण्डमा अपराधीलाई आदीबासीबाट भैतिक कार्बाही हुने चेतवानी समेत दिए। त्यसैगरी खाडी तिर जाने नेपाली दाजुभाईहरुलाई गरिने दूर्ब्यब्याहारको तत्काल अन्त्य गरिनुपर्ने र बिदेशमा बसेर नेपाल फर्कने दाजुभाईहरुलाई दिने गरेको दुख: प्रति पनि शेर्पाले आक्रोश ब्यक्त गरे।

कार्यक्रममा एक नयाँ प्रबिधी स्काईप कलको प्रयोग गरि विभिन्न सञ्चारकर्मीले सोही विषयलाई लिएर पीडितसंग अनलाइनमा प्रश्न सोधेका थिए। नेपाल शेर्पा महिला सङ्घका अध्यक्ष ङिनी शेर्पाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन विभाग लगायतका कर्मचारीले शेर्पा जातिका महिलालाई मात्र नभएर सबैसँग कुनै बहानामा घुस माग्ने प्रचलन रहेकाले त्यसको अन्त्य गर्न दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिइन्।

दिचिन डोमाले चलाखीपूर्ण तरिकाले असोज २१ गतेदेखि २५ गतेसम्म बस्नेतको गतिविधिलाई रेकर्ड गरिएको भिडियो दृष्य पनि कार्यक्रममा सार्वजनिक गरिएको थियो । ***

तपाईको प्रतिक्रिया