शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024
विराटनगर- तिहारमा पड्काउन अवैध रुपमा ल्याएको ठूलो परिमाणको पटका सशस्त्र प्रहरी सिमा सुरक्षा बल मोरङले बरामद गरी नष्ट गरेको छ ।
भारतको जोगवनीबाट अबैध रुपमा विराटनगर ल्याउँदै गरेको अबस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीले विराटनगरको रानी क्षेत्रवाट बरामद गरेको करिव १ लाख मुल्य बराबरको पटका नष्ट गरीएको सिमा सुरक्षा बल मोरङका प्रहरी उपरिक्षक चिरञ्जीवी कुँवरले जानकारी दिनुभयो ।
पत्रकार र स्थानियवासीको रोहवरमा बरामद पटका विराटनगरको रानी स्थित सशस्त्र प्रहरी सिमा सुरक्षा बल मोरङ परिसरमा खाल्डोमा हाली पानी खन्याएर नष्ट गरीएको थियो । नष्ट गरीएका पटकामा आतिसवाजी, रकेट बम, खोर्साने बम, नागीन ,रेड डायमण्ड, गोल्डेन पटका,चकलेट र आलु बम रहेका थिए । पटकाबाट हुन सक्ने सम्भावित दुर्घटनाबाट वच्न गृहमन्त्रालयले  पटका , आतिसवाजी जस्ता पटकाजन्य बस्तुको  प्रयोग तथा खरिद विक्रीमा रोक लगाएको छ । ***
तपाईको प्रतिक्रिया