शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024
विराटनगर- उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले निर्धारित समयमै शान्ति प्रकृया आश्चर्यजनक रुपमा टुंगिने बताउनु भएको छ ।
विराटनगरमा भाइटीकाका लागि आउनुभएका गच्छदारले स्थानीय सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले शान्ति प्रकृया टुंग्याएर संविधान निर्माण गर्नुको विकल्प राजनैतिकदलहरु संग नभएकोले समय कम भएपनि आश्चर्यजनक रुपमा मंसिर १४ भित्रै शान्ति प्रकया टुंगिने दावी गर्नुभएको हो ।
सबै दलहरुले शान्ति र संविधानको काम पुरा गर्नुपर्ने भएकोले बाधा अड्चन खडा गर्ने कसैको आधार नभएको बताउँदै उपप्रधानमन्त्री गच्छदारले वर्तमान सरकार शान्ति प्रकृया टुंग्याएर संविधान निर्माण गर्नै बनेकोले त्यो पुरा गरेरै छाड्ने ठोकुवा गर्नुभयो ।
माओवादी लडाकुको समायोजनको विषयमा सबै दलहरु सहमती नजिक पुगेको जानकारी दिंदै उहाँले समायोजन गर्ने माओवादी लडाकुको संख्या, राहात प्याकेज, दर्जा र मापदण्डमा सामान्य असहमति मात्र रहेकोले सबै दलहरुले केहि लचकता देखाए केहि दिनमै शान्ति प्रकृयाले फड्को मार्ने बताउनुभयो ।
उपप्रधान एवं गृहमन्त्री गच्छदारले प्रधानमन्त्रीले विपा सम्झौता अन्तर्राष्ट्रिय मापदण्ड र विश्व ब्यापार संघको मान्यता अनुसार गर्नुभएकोले यसको विरोध गर्नु मुलुकको हितमा नहुने उल्लेख गर्नुभयो ।
उहाँले थाती रहेको कामलाई संसोधन गरेर विपा सम्झौता  भएकोले यसवाट मलुकको औधोगीक र आर्थिक विकासमा ठुलो मद्दतपुग्ने दावी गर्नुभयो ।
गच्छदारले केहि दलहरुले कुरै नबुझेर विपा सम्झौताको विरोध गरेको बताउँदै सम्झौता दुबै देशको संसदले पारित गर्ने विश्वास ब्यक्त गर्नुभयो । ***
तपाईको प्रतिक्रिया