शुक्रबार, चैत्र ३०, २०८०
Friday, April 12, 2024
काठमाडौं- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्रीको भारत भ्रमण भारतीय स्वार्थ पूरा गर्नका लागि मात्र भएको आरोप लगाएका छन् ।
उनले यसअघि पनि प्रधानमन्त्री भारतको रिमोट कन्ट्रोल भएको आरोप लगाउँदै आएका थिए । बासु उच्चमाध्यमिक विद्यालय र प्रभात अंग्रेजी स्कुलले तिहार तथा नेपाल संम्वत ११३२ को अवसरमा बिहीबार भक्तपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले प्रधानमन्त्रीको भारत भ्रमणले भारतीय स्वार्थ मात्र पूरा गरेको बताए ।
अध्यक्ष विजुक्छेले भारतीय एकाधिकार पूँजीले योजनाबद्ध रुपमा नेपालमाथि आफ्नो कब्जा जमाउन खोजिरहेको बताउँदै भट्टराई यसको उदाहरण भएको जिकिर गरे ।

तपाईको प्रतिक्रिया