काठमाडौं– स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले शान्ति प्रक्रिया निष्कर्समा पुगेर नयाँ संविधान जारी हुन नसके मुलुक असफल हुने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले शान्ति र संविधानको लागि दवावमुलक देउसी भैलो कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले तीन वर्षसम्म हुन नसकेको काम एक महिनामा गर्नु चुनौतीपूर्ण भए पनि बाँकी अवधीमा सो जिम्मेवारी पुरा हुने विश्वास ब्यक्त गरे ।
मन्त्री रायमाझीले मुलुकको समृद्धिकोलागी स्थीरता, स्थीरताकोलागी शान्ति र शान्तिकालागी सहमति अनिवार्य भएको भन्दै कसैले विरोधमा कालो झण्डा देखाएपनि सहमतिको विकल्प नरहेको दावी गरे । उनले अन्तिम समयसम्म भएपनि दलहरुवीच सहमति बन्ने भन्दै यसको विरोध गर्नेहरु राष्ट्र विरोधी भएको ठोकुवा गरे ।
राजनीतिक ब्यवस्था र एजेण्डामा परिवर्तन भए पनि अझैसम्म पनि केही समूहहरुमा अहिले पनि यूद्ध र राजाको धङ्गधङ्गी बाँकी रहेको दावी गर्दै रायमाझीले यसले राम्रो काम गर्ने वा नगर्नेलाई चिन्ने अवसर पाएको बताए । उनले भने– ‘यसले कोसँग संघर्ष र को सँग एकता गर्ने भन्ने कुरा प्रष्ट भएको छ ।’
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, कार्तिक १०, २०६८
प्रकाशित समय: ६:२५:१२