Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– आन्तरिक राजश्व विभागले अकुत सम्पत्ति कमाउनेहरुको सूचि तयार पार्ने भएको छ । ‘कर कार्यान्वयन वर्ष’मा पनि दायरामा नआउनेका लागि सूचि तयार पारेर कारबाही सुरु गर्ने योजना विभागको छ ।
विभागका महानिर्देशक राजन खनालले सम्पत्ति शुद्धिकरण र राजश्व छली नियन्त्रणका लागि यस्तो योजना बनाउने लागिएको जानकारी दिए । कारोबार, जीवनशैली र सामाजिक हैसियतका आधारमा यस्तो सूचि तयार पारिनेछ ।
जीवनशैलीमा महँगा गाडी, घर, भोजभतेर, विदेश भ्रमणलगायतको सूचना लिएर विवरण तयार पारिनेछ ।
तपाईको प्रतिक्रिया