शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024
पाँचथर– संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले शान्ति प्रक्रिया पुरा नभई संविधान निर्माणको काम अगाडी बढ्न नसक्ने वताँउनुभएको छ ।
नेम्वाङका माइला काका,प्रजातन्त्र सेनानी एवं पाँचथर कांग्रेसका सस्थापक नेता हरिश्चन्द्र नेम्वाङको १३ औं पुण्य तिथिको समारोहमा पाँचथर सदरमुकाम फिदिम आइपुग्नु भएका नेम्वाङले सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो वताउनु भएको हो ।
बिदेश र जिल्ला दौडाहालाई प्राथमिकतामा नराख्न आफुले पटक पटक अनुरोध गरेपनि राजनैतिक दलका नेताहरुले वेवास्ता गरेका कारण शान्ति प्रकृया र संविधान निर्माणको काम ओझेलमा परेको नेम्वाङको टिप्पणी थियो ।
शान्ति निर्माण र संविधान लेखन प्रकृया अगाडी नवढेकै कारण मुलुकका ठुला दलको आन्तरिक कलह पनि चुलिएको उहाँको तर्क थियो ।
शान्ति निर्माण प्रकृयाले गति नलिएका कारण मंसिर १४ भित्र पनि संविधान आउने पक्का नभएको भन्दै दलहरु जिम्वेवार भएर अगाडी बढ्नुपर्नेमा उहाँको जोड थियो ।
तपाईको प्रतिक्रिया