बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति समशेर राणाले बिपाको विरोध जडसुत्रबादी सोचको उपज भएको आरोप लगाएका छन् ।
राजधानीमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै राणाले माओवादीले जडसुत्रबादी सोच छाडेर चिनले अपनाएको बाटोमा लाग्नु पर्ने सुझाव दिए ।
उनले बिपा सम्झौता राम्रो भएको भन्दै चिनले पनि विदेशी लगानी भित्राउन लिएको रणनीति अनुसार नै माओवादी पनि अगाडि बढ्नु पर्ने धारणा राखे । राणाले बिपा सम्झौता हुना साथै विदेशी लगानी नभित्रिने भन्दै कालान्तरमा यसले फाईदा पुर्याउने विश्वास ब्यक्त गरे ।
शान्ति र संविधान पुरा हुन नसकिरहेको बेला विप्पाको कलह भित्राएर  त्यसलाई प्रभावित पार्ने षडयन्त्र भएको भन्दै अहिले शान्ति र संविधानबाहेक कुनै पनि कुरामा लाग्न नहुने सुझाव दिए ।
शान्ति प्रक्रियामा धेरै कुरा मिलीसकेको भन्दै त्यसलाई सहमतिमा ढालेर अगाडि बढ्नु पर्ने सुझाव दिए ।
तपाईको प्रतिक्रिया