बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024
काठमाडौं– राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सुर्यबहादुर थापाले आगामि मंसिर १४ गते भित्र संविधान बन्नेमा आशंका ब्यक्त गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले शान्ति र संविधानको लागि दवावमुलक देउसी भैलो कार्यक्रममा बौल्दै थापाले प्रश्न गरे– ‘संविधान कुन मंसिर १४ गते यो कि अर्को ?’
उनले नेपालको विकासको लागि शान्ति र संविधान आउनै पर्ने भन्दै यसको विकल्प समेत दलहरुसँग नरहेको बताए । थापाले राष्ट्रिय सहमतिको विकल्प समेत नरहेको भन्दै सहमतिमा आउनुको विकल्प समेत दलहरुसँग नरहेको बताए ।
उनले प्रमुख चाड र संस्कृतिलाई यसरी शान्ति र संविधानको पक्षमा पत्रकारहरुले अभियान चलाउनुले आफूलाई खुसी बनाएको समेत धारणा राखे ।
तपाईको प्रतिक्रिया