आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024
काठमाडौं- आज बेलुकी घरघरमा लक्ष्मीपूजा र दीपावली गरिँदैछ । दिनभर व्रत बसी बेलुकी दीपावलीका साथ धनधान्यकी अधिष्ठात्री देवी महालक्ष्मीको पूजा गर्ने चलन छ ।
आज घरका झ्यालढोकाका साथै गाग्री र कलशमा फूलका माला लगाई आँगन पिंढी दलान कोठाचोटा र छिँडी गाईको गोबरले लिपेर सफा र चिल्लो पारिन्छ ।
चामलको पीठोबाट लक्ष्मीको पाईलाको प्रतीक चिन्ह बनाई आँगनदेखि भण्डार वा ढुकुटीसम्म पुर्‍याउने गरिन्छ । बेलुका यिनै पाईलामा टेक्दै लक्ष्मी घरभित्र प्रवेश गरेर विराजमान हुन्छिन् भन्ने धार्मिक विश्वास छ । महालक्ष्मीको मूर्ति वा चित्र स्थापना गरी सून चाँदी गरगहना रुपैंया पैसा लगायतलाई पूजा गरिन्छ ।
कतिपय ठाउँमा गाईपूजा नगरी लक्ष्मी पुजा नगर्ने चलन भएका कारण आजै गाईपूजा पनि गरिँदै छ । तर पन्चाङ्ग निर्णायक समितिले भने गाई र गोरु पूजा भोली हुने जनाएको छ ।
तपाईको प्रतिक्रिया