Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो (जापान)– भारतीय विदेशमन्त्री एसएम कृष्णाले यसै साता जापान भ्रमण गर्ने भएका छन् ।

भ्रमणका क्रममा भारत र जापानका विदेश मन्त्रीहरूले यी दुई देशवीचको सामरिक वार्ता गर्ने तयारी गरिरहेको समाचारमा जनाइएको छ ।

भारतको विदेश मन्त्रालयद्वारा प्राप्त समाचारमा उनले अक्टोबर २८ देखि दुई दिनसम्म जापानको भ्रमण गर्नेछन् । सो भ्रमणका क्रममा जापान र भारत बीचको आपसी सम्बन्धका साथै द्धिपक्षीय एवम् क्षेत्रीय चासोका बिषयमा बार्ता हुने पनि समाचारमा जनाइएको छ ।

सो भ्रमणका क्रममा उनले जापानका प्रधानमन्त्री योसिहिको नोदासँग पनि भेटघाट गर्नुहुने बताइएको छ । भ्रमणका क्रममा आगामी डिसेम्बर महिनामा हुन लागेको जापानी प्रधानमन्त्री नोडाको सम्भावित भारत भ्रमणका कार्यक्रमका बारेमा पनि छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया