मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024

काठमाडौ । पार्टीभित्र वैद्य पक्ष र संस्थापन पक्षबीच चर्किएको अन्तरकलहको प्रत्यक्ष असर माओवादीद्वारा सञ्चालित मिर्मिरे एफएममा परेको छ। तलब नदिएको र कार्यक्रम चलाउनसमेत अवरोध भएको भन्दै मिर्मिरे एफएम आजदेखि बन्द भएको छ ।

यसअघि पनि पार्टी अध्यक्ष पुष्पकमल दाहालको कार्यक्रम प्रसारण भइरहँदा वैद्य पक्ष निकट सञ्चारकर्मीहरुले तार काटेर एफएमको प्रसारण बन्द गरेका थिए। पार्टीको मुखपत्रका रुपमा सञ्चालित जनदिशा दैनिक पनि केही समयदेखि बन्द छ ।

तपाईको प्रतिक्रिया