
काठमाण्डौं- माओवादी नेता देव गुरुङ्गले बिपा सम्झौताको विरोधलाई आन्दोलनका रुपमा अघि बढाउने घोषणा गर्नुभएको छ । नेकपा एकीकृत नेकपा माओवादी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सम्मिलित क्रान्तिकारी जनआन्दोलन नेपालले बिपा सम्झौताको विरोधमा काठमाण्डूमा गरेको कार्यक्रममा गुरुङ्गले बिप्पाको विरोधमा वामपन्थी देशभक्त र गणतन्त्रवादी एक हुने बताउनुभयो ।
उहाँले क्रान्तिकारी जनआन्दोलन नेपालप्रति समर्थन जनाउँदै भन्नुभयो “यसबारेमा पार्टीमा छलफल गरिने छ ।” राष्ट्रघात गर्नेलाई कसैले नछाड्ने भन्दै गुरुङले पार्टी भित्र र बाहिरका कसैले पनि राष्ट्रघाती सम्झौता गर्न नपाईने भन्दै गुरुङले भन्नुभयो “बिपा सम्झौता ४ बुँदे सम्झौताकै निरन्तरता हो ।”
क्रान्तिकारी जनआन्दोलन नेपालका संयोजक एवं नेकपा एकीकृतका नेता रामिसंह श्रीसले यो सम्झौताबाट वर्तमान सरकारको राष्ट्रघाती र दलाल चरित्र पुष्टि भएको भन्दै सबै वामपन्थी देशभक्त र प्रगतिशील शक्ति सम्झौताको विरुद्धमा एक हुनुपर्नेमा जोड दिनुभयो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, कार्तिक ०८, २०६८
प्रकाशित समय: १३:२५:२९