Deneme Bonusu Veren Siteler
बुधबार, माघ ३०, २०८१
Wednesday, February 12, 2025
काठमाण्डौं- संस्कृति मन्त्री गोपाल किरातीले पार्टी भित्र र बाहिर विवादित बनेको नेपाल र भारतवीचको द्धिपक्षीय लगानी संरक्षण सम्बन्धी सम्झौता बिप्पालाई संसदबाटै पारित गराउने तयारीमा पार्टी र सरकार जुटेको जानकारी दिनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार गरेको साक्षात्कारमा मन्त्री किरातीले बिप्पा सम्झौतालाई राष्ट्रबादी सम्झौताको संज्ञा दिदै यसलाई सच्याउनुपर्छ भन्ने माग सहितको आन्दोलन बार्गेनिङ भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो “बिप्पा विरुद्ध आन्दोलन गर्नेहरुलाई नेपाली नागरिकले सहयोग गर्दैनन् । त्यो केवल बार्गेनिङ मात्रै हो ।”
विगतमा पनि अध्यक्ष प्रचण्ड र उपाध्यक्ष डा बाबुराम भट्टराईवीच अन्र्तद्वन्द्व चलेको र अहिले प्रचण्ड र उपाध्यक्ष बैद्यवीच द्वन्द्व रहेको भन्दै उहाँले भन्नुभयो “अहिलको द्धन्द्ध पनि स्वभाविक हो ।”
मन्त्री किरातीले नियमावली संसोधन गरेरै भए पनि मंसिर १४ गतेभित्र संविधानको पूर्ण मस्यौदा जारी गर्ने दावी गर्नुभयो । समायोजन हुने लडाकुको संख्या तोक्ने भन्दा पनि रिगु्रपिङमा गएर उनीहरुलाई नै छनौटको अवसर दिनु पर्ने भन्दै त्यसपछि बास्तविक संख्या आफै आउने दावी किरातीले गर्नुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया