शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024
न्युयोर्क (अमेरिका)- नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले बाबुराम भट्टराई नेतृत्वको सरकार पाँच सातामात्र टिक्ने दाबी गरेका छन् ।
मंसिर १४ गते जसरी पनि प्रधामन्त्री डाक्टर बाबुराम भट्टराईलाई राजीनामा दिन बाध्य पारिने उनले बताए । एक महिने बसाइका लागि हाल अमेरिका रहेका गौतमले युनाइटेड नेपलिज डेमोक्रेटिक फोरमले अमेरिकाको न्युयोर्कमा गरेको कार्यक्रममा झलनाथ खनाल र माधवकुमार नेपाललाई जस्तै भट्टराईलाई पनि राजीनामा दिन बाध्य पारिने उल्लेख गरे ।
नेता गौतमले राजिनामा दिएर राष्ट्रिय सहमतिको सरकारका लागि बाटो खोल्न प्रधानमन्त्री डाक्टर भट्टराईलाई आग्रह गरे । नेता गौतमले मंसिर १४ गते वर्तमान प्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य पारिने निश्चित भएकाले त्यो भन्दा अगाडि नै राजीनामा दिएर राष्ट्रिय सहमतिको विकल्प खोज्न आग्रह गरे ।
एमाले, कांग्रेस र माओवादीभित्र राष्ट्रिय सरकारका निर्माणका लागि आन्तरिक सहमति भइसकेको दावी गर्दै नेता गौतमले राष्ट्रिय सहमतिको सरकारका लागि तीनवटै दलहरु तयार भएकाले वर्तमान सरकारलाई निरन्तरता दिन नहुने बताए ।
तपाईको प्रतिक्रिया