शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024
काठमाडौं– सरकारले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा रहेको ‘उच्चस्तरीय लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति’लाई अमेरिका पठाउने भएको छ । समितिले राष्ट्रसंघका अधिकारीलाई भेटेर सन् २०१२ को लुम्बिनी भ्रमण वर्ष प्रचार गर्नेछ ।
मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपाल संवतलाई पनि अबदेखि सरकारी क्यालेन्डरमा उल्लेख गर्ने निर्णय गरेको छ ।
यसैगरी साउदीका युवराज सुल्तान अब्दुल अजिल अल साउदको अन्त्येष्टिमा वन मन्त्री मो. वकिल मुसलमानलाई पठाउने निर्णय भएको छ ।
तपाईको प्रतिक्रिया