Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024
टोकियो– जापानमा गाडी उत्पादन गर्ने ठूलो संस्था निसानले हाल विश्वमा वातावरणमैत्री गाडीको माग बढेको अवस्थामा सन् २०१६ सम्म विश्वभर करिब १५ लाख इलेक्ट्रिक गाडी वितरण गर्ने योजना बनाएको जानकारी दिएको छ ।
जापानमा टोयोटापछिको सबैभन्दा बढी गाडी उत्पादन गर्ने यस संस्थाले प्रदूषण उत्पादन नगर्ने गाडी सबैभन्दा बढी उत्पादन गर्ने लक्ष्य राखेको छ र यसका लागि डाइमलरसँग मिलेर सेलबाट निस्कने विद्युतबाट चल्ने गाडी विकास गरेको छ ।
निसानको ४३.८ प्रतिशत स्वामित्व फ्रान्सेली साझेदार रिनाउल्टको रहेको छ र यसले हालसम्म १५ हजार लिफ इलेक्ट्रिक कार बिक्री गरिसकेको छ । आउँदा दिनमा यसले नयाँ सातवटा यस्ता कारका मोडेल तयार गर्ने बताइएको छ ।
निसानका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकारी कार्लोस घोस्नले हाल यस प्रकारको गाडीको माग बढिरहेको र संस्थाले यसलाई अझै वातावरणमैत्री तथा बढी प्रभावकारी बनाउन प्रयास गरिरहेको जानकारी दिनुभयो ।
उहाँले यस कम्पनीले हाल उत्पादन गरिरहेको इन्धनबाट चल्ने गाडीलाई पनि सन् २००५ को तुलनामा ३५ प्रतिशत बढी इन्धन प्रभावकारी बनाइने जानकारी दिनुभयो ।
गत महिना निसानले अमेरिकी संस्था जनरल इलेक्ट्रिकसँग मिलेर विद्युतीय गाडी प्रवर्धन गर्ने साझेदारी गरेको थियो ।
तपाईको प्रतिक्रिया