Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौ । दुई वर्ष अघि देखि वेपत्ता भएका लोकसेवा आयोगका क्षत्रिय निर्देशक नवराज चौलागाईको खोजी गर्न गठित समितिले आज प्रधानमन्त्री समक्ष प्रतिवेदन बुझाएको छ ।

२०६७ कार्तिक १९ गते दीपायलबाट हराएका लोक सेवा आयोगका क्षत्रिय निर्देशक नवराज चौलागाईको खोजी गर्न २०६८ बैशाख ९ गते महान्यायाधिवक्ताको कार्यालयका नायव महान्यायाधिवक्ता पुष्पराज कोइरालाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो ।

छानविन समितिले चौलागाईको बारे सत्यतथ्य पत्ता लाग्न नसकेको उल्लेख गरेको छ । प्रधानमन्त्री डा. भट्टराईले छानविन समितिलाई धन्यवाद दिँदै इमान्दार राष्ट्रसेवक कर्मचारी वेपत्ता भएको वर्षौं वितिसक्दा पनि सत्यतथ्य पत्ता लाग्न नसक्नु दुःखद भएको बताउनुभयो । उहाँले सरकारले वेपत्ता चौलागाईको विषयमा सत्यतथ्य पत्ता लगाएरै छोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । -विश्वदीप पाण्डे

तपाईको प्रतिक्रिया