शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024
बीरगञ्ज- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न मधेशी र पहाडी जनताबीचमा एकताको विकल्प नरहेको बताउनु भएको छ । पार्टीको भोजपुरा राज्य समितिले नेपाल सम्बत ११३२, दीपवली, छठ र बकरइदको अवसरमा सोमबार बीरगंजमा आयोजना गरेको शुभकामना समारोहलाई सम्बोधन गर्दै प्रचण्डले देशका सम्पूर्ण जनताको एकताबाटमात्र अहिलेको राजनीतिक परिवर्तनलाई संस्थागत गर्न सकिने बताउनुभयो ।
शान्ति र संविधान जनयुद्धको सन्तान भएको चर्चा गर्दै यसलाई निष्कर्षमा पु-याउन आफ्नो पार्टी प्रतिवद्ध रहेको बताउनुभयो । शान्ति र संविधान दश वर्षे जनयुद्धको सन्तान हो’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ँबच्चाको जन्मदाता जो हो त्यसले नै उसको पालन पोषण र स्याहारसुसारमा बढी ध्यान दिन्छ ।’ शान्ति प्रक्रिया र सम्विधानको नाता जनयुद्धसँग रहेको प्रष्ट पार्दै प्रचण्डले शान्ति र सम्विधान निष्कर्षमा पुग्नेमा आफ्नो विश्वास व्यक्त गर्नु भयो ।
प्रचण्डले केही राजनीतिक दलहरु माओवादीको अगुवाईमा शान्ति प्रक्रिया निष्कर्षमा पुग्यो भने आफनो अस्तित्व समाप्त हुने भयले आलटालमा लागेको आरोप समेत लगाउनुभयो । केही पार्टी हाम्रो नेतृत्वमा संविधान बन्यो भने आफ्नो अस्तित्व समाप्त हुने भयमा छन्’, प्रचण्डले भन्नुभयो, तिनै दलले शान्ति र संविधान निर्माणमा अनेक निहु निकालेर आलटाल गर्दै छन् ।’
उहाँले एमाले र कांग्रेस शान्ति प्रक्रिया भन्दा पनि सानातिना कुरा निकालेर शान्ति प्रक्रियाको रोक्ने कोसिसमा लागेको चर्चा गर्दै तत्कालिन भूमीसुधारमन्त्री प्रभू साहलाई शान्ति र सम्विधानको प्रक्रियामा गति थप्नका लागि राजिनामा दिन लगाएको जिकिर गर्नु भयो । पार्टी केन्द्रीय सदस्य प्रभू साहको बचाउन गर्दै अध्यक्ष प्रचण्डले अपिलको भाषामा नोकरशाहतन्त्रलाई पूर्वाग्रह नराख्न समेत चेतावनी दिनुभयो ।
भोजपुरा र मिथिलामा मात्रै आफ्ना चार दर्जन कार्यकर्ताको हत्या भएको र उनीहरुका हत्याराहरु कानूनको दायरामा नआएको भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ँसमय बदलिएको छ, जनता बदलिएका छन, परिस्थिति बदलिएको छ त्यसैले सत्यको पक्षमा लाग्नुहोस ।
तपाईको प्रतिक्रिया