Deneme Bonusu Veren Siteler
शनिबार, फाल्गुण ०३, २०८१
Saturday, February 15, 2025
काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वास्तविकता नै नुबझी द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण (बिपा) सम्झौताको बिरोध भएको बताउनुभएको छ । भारत भ्रमणबारे सोमबार संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री भट्टराईले वास्तविकता नबुझी बिपा सम्झौताको बिरोध भैरहेको बताउनुभएको हो ।
‘सम्झौताले नेपालमा लगानी भित्र्याउने र संरक्षण गर्ने उद्देश्य राखेको छ’, प्रधानमन्त्रीले भन्नुभयो, ‘सम्झौताप्रतिको नकारात्मक टिप्पणी वास्तविकतामा आधारित छन् जस्तो मलाई लाग्दैन ।’ सम्झौता राष्ट्रको हितमा रहेको बताउँदै प्रधानमन्त्री भट्टराईले विदेशी लगानी भित्र्याउन नेपालमा वातावरण बनाउनुपर्ने बताउनुभयो । विदेशी लगानी भित्र्याउने विषयमा स्पष्ट हुनुपर्ने भन्दै प्रधानमन्त्री भट्टराईले मोही माग्ने ढुंग्रो लुकाउने काम गर्न नहुने बताउनुभयो । आर्थिक विकास गर्ने हो भने विदेशी लगानी भित्र्याउनु पर्ने प्रधानमन्त्रीको भनाई थियो ।
‘भारतसँगको सन् १९५० को विवादास्पद सन्धी पुनरावलोकनका लागि दुई देशका सरकारी अधिकारीलाई निर्देशन दिइएको छ’, प्रधानमन्त्रीले संसद बैठकलाई सम्बोधन गर्दै भन्नुभयो, ‘सन्धी पुनवरावलोकनका लागि उच्चस्तरिय समिति गठन गर्ने सहमति भएको छ ।’

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया