Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  आफूलाई भारतीय गुप्तचर संस्था ‘रअ’ को निर्देशनमा काम गरेको भन्ने रामबहादुर थापा ‘बादल’को भनाईमा कुनै तर्क नरहेको प्रष्ट पार्नुभएको छ ।  माओवादीको मधेश राज्य समितिले बीरगंजमा गर्ने शुभकामना आदान प्रदान कार्यक्रममा भाग लिन पुगेका प्रचण्डले आफूले ‘रअ’ को निर्देशनमा काम गरेको पुष्टि गर्न चुनौति दिनुभयो ।
पार्टी महासचिव रामबहादुर थापा ‘बादल’ले आइतबार चितवनको एक कार्यक्रममा प्रचण्ड भारतीय गुप्तचर संस्था रअको निर्देशनमा चलेको आरोप लगाउनु भएको थियो ।
आफूले रअ का लागि काम गरे नगरेको निष्कर्ष निकाल्ने अधिकार नेपाली नागरिकमा रहेको प्रचण्डले प्रतिकृया दिनुभयो । उहाँले पार्टीभित्र भएको असन्तुष्टीलाई स्वाभाविक रुपमा लिंदै पार्टी कुनै हालतमा नफुट्ने प्रतिबद्धता दोहो-याउनुभयो ।
पार्टीबाटै सरकारको विरोध हुन थालेको भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रचण्डले सरकारका काम कारवाहीप्रति टिप्पणी आउनु स्वाभाविक भएको प्रतिकृया दिनुभयो ।
तपाईको प्रतिक्रिया