Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १०, २०८१
Saturday, October 26, 2024

चितवन– गैर आवासीय नेपाली संघ (एनआरएन) जापानले चितवन शक्तिखोरस्थित सिद्ध राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीलाई विद्यालय आएका बेला दिउँसो खाजाको प्रवन्ध गर्ने भएको छ ।

विद्यालय जाँदा खाजा खान नपाउँदा विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको थियो । विद्यार्थीहरु विद्यालय आउन छाडेका थिए । कक्षा ३ सम्म पढाइने सो विद्यालयमा विद्यार्थीहरु साढे तीन घण्टासम्मको पैदल यात्रा गरेर पढ्न आउने गरेको विद्यालयका शिक्षक कोषराज खनियाँले जानकारी दिनुभयो ।

‘अधिकांश चेपांग वस्ती रहेको यस भेगका बालबालिकाहरुले घरमा पनि एक छाक मात्रै खाने बाध्यता छ । विद्यालयमा खाजा त टाढाको कुरा भयो,’ शिक्षक खनियाँले बताउनुभयो ।

दुई वर्ष अघि एनआरएन जापानले यस विद्यालयका विद्यार्थीलाई छ महिनासम्म खाजा खुवाएपछि यो कार्यक्रम व्यवस्थापकिय कमजोरीका कारण रोकिएको थियो । तर विद्यालयका शिक्षकहरुले आफ्नै खर्चमा भए पनि थोरै मात्रामा खाजा खुवाउँदै आएका थिए ।

विद्यार्थीहरुलाई खाजा खुवाउने कार्यक्रम थप गर्नका लागि विद्यालयमा आयोजित कार्यक्रममा एनआरएन अन्तर्राष्टिय समन्वय परिषद्का एशिया क्षेत्रीय उपसंयोजक किरणविक्रम थापाले आगामी तीन वर्षका लागि विद्यार्थीहरुलाई खाजा खुवाइदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । यसवापत लाग्ने करिब तीन लाख रुपैयाँ थापाले एनआरएन जापान मार्फत विद्यालयको खातामा पठाइदिने वचनवद्धता समेत व्यक्त गर्नुभयो ।

चितवनमा उपलव्ध एनआरएन जापानका पदाधिकारी, स्थानीय राजनीतिज्ञ, समाजसेवी र पत्रकार सम्मिलित टोलीले विद्यालयको निरिक्षण पश्चात विद्यार्थीको अवस्था बुझेपछि थापाले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । थापा यसअघि जापानबाट एनआरएन आइसीसीमा प्रतिनिधित्व गर्नुहुन्थ्यो ।

थापा सहित विद्यालय र विद्यार्थीको अवस्था बुझ्न एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, महासचिव डा. राजेन्द्रप्रसाद पराजुली, कोषाध्यक्ष नरबहादुर थापा, सदस्य डिलाराम सापकोटा, विष्णु खरेल, पत्रकार महासंघ जापानका सचिव हरिप्रसाद पोखरेल, समाजसेवी कमलचन्द्र खनाल शक्तिखोर पुग्नुभएको थियो ।

यसैगरि शक्तिखोर गाविसका निवर्तमान अध्यक्ष गोपी श्रेष्ठ, निवर्तमान उपाध्यक्ष शिव थापा, सचिव अर्जुन पंगेनी, विद्यालयकी प्रधानाध्यापक सावित्री पाण्डे, शिक्षक कोषराज खनिया, विद्यालयलाई जग्गा प्रदान गर्नुहुने मानबहादुर प्रजा लगायतको पनि त्यहाँ उपस्थिति थियो । औपचारिक कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वेगबहादुर प्रजाले गर्नुभएको थियो ।

विद्यालयका ११२ विद्यार्थीमध्ये हाल ९५ जना नियमित विद्यालय आइरहेका छन् । खाजा खान पाईन्छ भनेर पनि विद्यार्थीहरु नियमित विद्यालय आउन थालेपछि एनआरएनए जापानले यो कार्यक्रमलाई विद्यार्थीको अध्ययन गुणस्तरसहित अझ प्रभावकारी ढंगले संचालन गर्न लागिएको अध्यक्ष ओम गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रममा चितवनका वरिष्ठ समाजसेवी कमलचन्द्र खनालले ‘दानीलाई हानी र दुष्टलाई पुष्ट कहिल्यै पनि हुँदैन’ भन्नुहुदै एनआरएनए जापानको यो कायक्रमलाई निरन्तरता दिने किरणविक्रम थापालाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया