Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- माओवादीका सल्लाहकार देवेन्द्रलाल श्रेष्ठ ‘काइला बा’ को ८९ वर्षको उमेरमा आइतबार निधन भएको छ ।
उहाँको पुल्चोकस्थित अल्का अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । व्रोङकाइटिस रोगबाट पिडित  श्रेष्ठलाई ६ दिन अघि पाटन अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि शनिबार मात्र अल्का अस्पताल भर्ना गरिएको थियो ।
उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि सोमबार विहान ८ बजेदेखि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ । उहाँको सोमबार पशुपति आर्यघाटमा अत्येष्टि गरिनेछ । उहाँका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
वि. सं. १९९८ मा प्रजातन्त्रिक
संघबाट राजनीतिमा होमिन भएका श्रेष्ठ हाल माओवादीको सल्लाहकार हुनुहुन्थ्यो । सन् २००४ सालमा भएको सत्याग्रह आन्दोलनमा सक्रिय सहभागी हुनु भएका श्रेष्ठ सन् २००६ मा नेपाल कम्युनिष्ट पार्टी  स्थापना भएदेखि नै सक्रिय सदस्य हुनुभयो ।
उहाँ १९ सालमा भएको तेस्रो महाधिवेशनबाट पोलिटव्युरो सदस्यमा चुनिनु भएको थियो । ४२ सालमा एकता केन्द्र मसाल गठन गर्दा उहाँ केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो ।
तपाईको प्रतिक्रिया