Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- रक्षामन्त्री शरतसिंह भण्डारीको राजीनामा प्रकरणबारे छलफल गर्न मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले केन्द्रीय समिति बैठक बोलाउने भएको छ ।
भण्डारीसहित अधिकांश केन्द्रीय सदस्यको रायविपरीत भण्डारीलाई राजीनामा गराएपछि फोरम लोकतान्त्रिकभित्र विवाद चुलिएको थियो । भण्डारीलाई बुधबार दलको सिफारिसमा प्रधानमन्त्रीले बर्खास्त गरेका थिए ।
मधेसलाई अलग गर्ने अभिव्यक्ति दिएपछि उनलाई हटाइएको हो । भण्डारीले भने यस विषयमा केन्द्रीय समितिमा छलफल गर्नुपर्ने अडान राखेपछि तिहारलगत्तै बैठक बोलाइने प्रवक्ता जितेन्द्र देवले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया