
गोरखा– नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आफू र वरिष्ठ नेता शेरबहादुर देउवाबीच बोलचाल बन्द भएको विषयमा सञ्चारमाध्यममा आएको समाचार झुठो भएको दाबी गर्नुभएको छ ।
गोरखा सदरमुकाम गोरखा बजारमा शनिबार बिहान सञ्चारकर्मीसग कुरा गर्दै सभापति कोइरालाले आफूहरुबीच बोलचाल रहेको तथा पार्टीमा जारी विवाद हल गर्नेबारे निरन्तर संवाद भइरहेको दाबी गर्नुभयो ।
नेता देउवाको असहमतिका बावजुद सभापति कोइरालाले केन्द्रीय समितिमा बहुमत जुटाएर देउवाको पकड रहेका महिलासंघ, तरुण दल, आदिवासी जनजाति संघलगायतका भातृ संस्था विघटन गरेपछि दुई नेताबीचको सम्बन्ध चिसिएको छ । सभापति कोइरालाले पार्टीमा सञ्चारमाध्यमहरुले भनेजस्तो विवाद नभएको जिकिर गर्दै सहमतिका लागि छलफल भइरहेकाले छिट्टै समस्या समाधान हुने बताउनुभयो ।
‘अरु पार्टीमाजस्तो हाम्रो पार्टीमा नेताहरुबीच बोलचाल नहुने र हानाहान हुने अवस्था छैन’, कोइरालाले भन्नुभयो, ‘हामीबीच कुराकानी भइरहेको छ ।’ अर्को एक प्रसङगगमा उहाँले पछिल्लो समय शान्ति र संविधान लेखनका विषयमा दलहरु सहमति नजिक पुगेको बताउनुभयो । सहमतिका लागि माओवादी थप लचकता र गम्भीरतासाथ प्रस्तुत हुनुपर्ने कोइरालाको भनाइ छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार, कार्तिक ०५, २०६८
प्रकाशित समय: १२:४२:०७