Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024
नयाँ दिल्ली– प्रधानमन्त्री डा बाबुराम भट्टराईले द्धिपक्षीय लगानी संरक्षण सम्झौता वीपा सम्झौता राष्ट्रघाती नभएको दाबी गरेका छन् ।
शनिवार पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीले नेपालमा विरोधको लागि विरोधको राजनीतिक गर्ने संस्कार रहेकोले राष्ट्रबादी सम्झौताको राष्ट्रघाती भनेर विरोध गरेको समेत आरोप लगाए । उनले वीपा सम्झौता नेपालको आर्थिक विकासकोलागी मेरुदण्ड भएको भन्दै त्यसलाई राष्ट्रघाती प्रमाणित गरेर देखाउन चुनौति दिए ।
उनले आफ्नो भ्रमण सफल अत्यन्तै सफल भएको भन्दै राजनीतिक भन्दा पनि आर्थिक रुपमा उपलब्धि मुलक भएको बताए ।
भ्रमणको क्रमा सीमा र राजनीतिक ब्यवस्थापन लगायतका सम्झौता दुबै तर्फका प्रबुद्ध ब्यक्तिहरु राखेर संयन्त्र गठन गरी त्यसको  सुझावको आधारमा सबै समस्याहरुलाई औपचारिकता दिने जानकारी प्रधानमन्त्रीले दिए । उनले नेपालमा राजनीतिक सक्रमण कायम रहेकोले एयर मार्सल, सुपुर्दगी सन्धीलगायतका मुद्दाहरुमा राष्ट्रिय सहमति जुटाएर गर्ने भनेर सम्झौता नगरेको समेत स्पष्ट पारे । उनले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौ जोडने फास्टट्रायक ठूलो सहयोग गर्ने सैद्धान्तिक सहमति भए पनि त्यसलाई गृहकार्य गरेर औपचारिकता दिन बाँकी रहेको बताए ।
त्यसैगरी सिमराबाट मात्र रहेको हवाई प्रवेश मार्गलाई जनकपुर, भैरहवा र नेपालगन्जमा समेत खोल्ने विषयमा पनि सकारात्मक कुरा भएको उनले जानकारी दिए ।
आफ्नो भारत भ्रमणको क्रममा भएको भेटवार्ता र भारतीय प्रधानमन्त्री डा. मनमोहन सिहसँगको भेटाबाट माओवादी प्रति रहेको आशंका निवारण भएकोले र यसले सम्बन्धलाई अझै मजबुद बनाएको दावी समेत प्रधानमन्त्रीले गरे । उनले भने– ‘भारतीय प्रधानमन्त्री डा मनमोहन सिहलाई पनि भेटेर माओवादीसँगको सम्बन्धमा रहेका आशंका निवारण गर्ने अवसर पाए । र उहाँहरुमा रहेको आशंका पनि  निवारण भयो ।’
तपाईको प्रतिक्रिया