बुधबार, आषाढ ०५, २०८१
Wednesday, June 19, 2024
चितवन- चितवनको फिस्लिङबाट गोरखा जोड्ने झोलुङ्गे पूल शनिबार चुँडिदा तीन जनाको ज्यान गएको छ ।  त्रिशूली नदीमाथि रहेको झोलुङ्गे पुल चुँडिदा तीनजनाको ज्यान गएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार घटनामा १३ जना घाइते भएका र तीनजना हराइरहेको आशंका गरिएको छ । घाइतेहरुलाई उद्वार गरेर उपचारको लागि चितवनको भरतपुर पठाइएको मुग्लिन प्रहरीले जनाएको छ ।
मुग्लिन प्रहरीका अनुसार ज्यान जानेमा गोरखा बुँकोटका मानबहादुर आलेको मात्रै नाम खुलेका छ । भारतीय पर्यटकहरु फिस्लिङमा गाडी रोकेर पारी तर्ने क्रममा दिउँसो १२ बजे झोलुङ्गे पूल चुँडिएको मुग्लिन प्रहरीले जनाएको छ । ***
तपाईको प्रतिक्रिया