Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
दिल्ली- प्रधानमन्त्री बाबुराम भट्टरार्इले भारतसँग शुक्रबार भएको लगानी प्रबर्धन तथा संरक्षण सम्बन्धी सम्झौता नेपालको विकासका लागी कोसेढुंगा भएको बताउनुभएको छ ।
प्रधानमन्त्री भट्टराईले यो सम्झौताले नेपालमा लगानीको ढोका खुलेको धारणा राख्नुभयो । लगानीको संरक्षण गर्न नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री  भट्टराईले आफुले ठूलो जोखिम मोलेर सो सम्झौता गरेको समेत उल्लेख गर्नुभयो ।
भारतीय उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध उद्योगी व्यवसायीसँग दिल्लीस्थित होटल लीलामा विहान आयोजित अन्तक्रियामा प्रधानमन्त्री भट्टराईले मुलुकको समृद्धिका लागी ठूलो जोखिम उठाएको  बताउनुभयो ।  जोखिम नलिईकन कसैले पनि इतिहास, देश र समाजको नेतृत्व गर्न नसक्ने भन्दै उहाँले एक प्रकारको राजनीतिक जुवा खेलेको उल्लेख गर्नुभयो ।
भारतको सदभावना भ्रमणमा रहनुभएका प्रधानमन्त्री भट्टराई र भारतीय समकक्षि  मनमोहन सिंहको उपस्थितिमा हैदराबाद हाउसमा हिजो लगानी संरक्षण लगायतका तीन वटा सम्झौता भएका थिए । पर्यटन, पूर्वाधार विकास, कृषिजन्य र उत्पादनमूलक लगायतमा लगानी गर्न सकिने मुख्य क्षेत्र भएको पनि प्रधानमन्त्री भट्टराईले बताउनुभयो । भारतीय व्यबसायीलाई लगानीको आव्हान गर्दे प्रधानमन्त्री भट्टराईले भन्नुभयो- ‘तपाईहरु प्राजेक्टको पहिचान गर्नुस, लगानीको वातावरणको लागि म विश्वास दिलाउन चाहन्छु ।’
 समुन्नत नेपाल र समुन्नत दक्षिण एशिया आफ्नो सपना भएको जनाउदै उहाले  सहकार्यबाट मात्र त्यो संभव हुने उल्लेख गर्नुभयो । कार्यक्रममा भारतीय उद्योग परिसंघका पूर्व अध्यक्ष राजीव कौलले नेपालले सन् २०१२-१३ लाई लगानी वर्षका रुपमा मनाउन लाग्नु सकारात्मक काम भएको भन्दै आउँदो जुन महिनामा भारतीय उद्योागी व्यवसायीको ठूलो टोली नेपाल भ्रमणमा आउने जानकारी दिनुभयो ।
उहाँले सो टोलीले नेपालमा लगानीको क्षेत्र, अवस्था, निर्यात वृद्धि, व्यापार घाटा असन्तुलन लगायतका विषयमा अध्ययन गर्ने बताउनुभयो । ***
तपाईको प्रतिक्रिया