Deneme Bonusu Veren Siteler
शनिबार, चैत्र ०१, २०८१
Saturday, March 15, 2025
काठमाडौं – तिहारको लागि नपुग फूल तथा माला भारतबाट बजारमा भित्र्याउने व्यापारीहरुले तयारी गरेका छन् । फूल तथा माला लक्ष्मीपूजाको अघिल्लो दिन मात्रै ल्याउने व्यापारीहरुको तयारी छ । त्यो भन्दा पहिले आउने फूलमाला गुणस्तरीय नहुने भएकाले सचेत हुन व्यवसायीहरुले आग्रह गरेका छन् ।
फ्लोरिकल्चर एशोसियसन अफ नेपालका अध्यक्ष अरुण क्षेत्रीका अनुसार भारतबाट बजारमा ल्याउन दुई दिन लाग्ने भएकाले त्यही अनुसार आयात गर्ने तयारी भएको छ । केही भारतीय व्यापारीले अहिलेदेखि नै ल्याएर भण्डारण गर्न थालेकाले त्यस्ता फूलमाला नकिन्न उहाँले सबैसित अनुरोध गर्नुभएको छ । बजारमा सधैं कारोबार हुने फूल पसलबाट मात्र फूलमाला खरिद गरेमा ठगिनबाट जोगिने उहाँको भनाई छ ।
स्वदेशी फूल माला भने सडकपेटीबाट समेत खरित गर्न सकिने क्षेत्रीले बताउनुभयो । यसवर्ष भारतबाट ३० लाखको माला भित्र्याए पुग्ने क्षेत्रीको भनाई छ । तर भारतीय व्यापारीले धेरै आयात गर्ने हुँदा फूलमाला खेर जाने सम्भावना रहेको उहाँले बताउनुभयो ।
नेपालमा वार्षिक १० देखि १५ प्रतिशतको दरले फूल उत्पादन बढेपनि तिहारमा भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । तिहारमा विशेषगरी मखमली, सयपत्री र गोदावरी फूलको कारोबार उल्लेख्य हुन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया