शनिबार, आषाढ ०८, २०८१
Saturday, June 22, 2024
काठमाडौं – भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज पनि राजनीतिक भेटघाटमा व्यस्त हुनुहुन्छ ।  शुक्रबार भारतीय प्रधानमन्त्री डा। मनमोहन सिंह, राष्ट्रपति प्रतिभा पाटिल लगायतसँग महत्वपूर्ण भेटघाट गरेका भट्टराईले आज भारतीय गृहमन्त्री पी. चिदम्बरम, भारतीय कम्युनिष्ट पार्टीका महासचिव प्रकाश कारात लगायतसँग भेटघाट गर्दै हुनुहुन्छ ।
यस्तै भारतीय सरकारका पूर्व आर्थिक तथा राजनीतिक सल्लाहकार श्याम शरणसँग भेटघाट गर्ने कार्यक्रम छ । आफू अध्ययन गरेको जवाहरलाल नेहरु विश्वविद्यालयको कार्यक्रममा पनि प्रधानमन्त्री सहभागी हुनुहुने छ । त्यस्तै नयाँ दिल्लीमा रहेका आफ्नो पार्टीका कार्यकर्तालाई पनि प्रधानमन्त्रीले भेट्दै हुनुहुन्छ । बेलुका आठ बजे नेपाली दुतावासले प्रधानमन्त्रीको लागि रिसेप्सनको आयोजना गर्दैछ ।
तपाईको प्रतिक्रिया