Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – हालै क्यानडाको टोरान्टोमा भएको एक भेलाले विश्व नेपाली साहित्य महासंघको क्यानडा शाखा निर्माण गरेको छ ।

महासंघको क्यानडा शाखाको अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः हरी शिवाकोटी, सपना गौतम, सुभाष दुतराज र कल्पना अवस्थी रहेका छन् । सदस्यहरुमा सुरेन उप्रेती, तुला भट्टचन, मानकाजी श्रेष्ठ र अतिथि सदस्यहरु गोपीकृष्ण काफ्ले, आङबारु शेर्पा, चन्द्रा राई, गोपाल भण्डारी, मुक्ति गौतम, कुसुम ज्ञवाली, कमल थपलिया, भिमादी याक्थुम्बा र अनिता रसाइली रहनुभएको छ ।

महासंघको सल्लाहकारमा एनआरएन क्यानडा अध्यक्ष, एनसिसिएस क्यानडा, एनजेएसी क्यानडा, नेवा गुठि क्यानडा र डा. तुलसी धरेल, गोविन्दसिंह रावत, राजकुमार राई, ईश्वर थापा, राधा बस्नेत रहनुभएको छ भने संरक्षकमा क्यानडाको लागि नेपाली राजदूत रहनुभएको छ ।

साहित्य महासंघ क्यानडाले यहि लक्ष्मी जयन्तिको अवसरमा साहित्यिक कार्यक्रम पनि गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया