Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- भ्रातृ सङ्गठन विघटन प्रकरणपछि केन्द्रीय सदस्यबाट राजीनामा दिएका वरिष्ठ नेता शेरबहादुर देउवाले सभापति सुशील कोइरालालाई नगलाएसम्म राजीनामाको निर्णयमा पुनःविचार नगर्ने भएका छन् ।
असोज ३ गते बसेको केन्द्रीय समिति बैठकले बहुमतबाट देउवा समूहको पकडमा रहेका चार भ्रातृ सङ्गठन तरुण दल, महिला सङ्घ, आदिवासी जनजाति महासङ्घ र प्रजातान्त्रिक सेनानी सङ्घ विघटन गर्ने निर्णय गरेको थियो । निर्णयका विरुद्धमा आमरण अनशनमा बसेका कार्यकर्ता धमाधम बिरामी पर्न थालेपछि देउवा आफैँले केन्द्रीय सदस्यबाट राजीनामा दिएर अनशन तोडाएका थिए ।
देउवाको राजीनामा अझै स्वीकृत भएको छैन । बरु राजीनामा फिर्ता गराउन सभापति कोइरालाले पटकपटक प्रयास गर्दै आए पनि सफल भएका छैनन् । यो प्रकरणमा देउवाको हात माथि परेकाले उनी सभापतिलाई गलाएर मात्र राजीनामा फिर्ता लिने निचोडमा पुगेको काङ्गे्रस स्रोतले बतायो ।
भ्रातृ सङ्गठन विघटनको निर्णयपछि उत्पन्न विवाद मिलाउन सभापति आफैँले दुवै पक्षका तीन-तीन जना नेता रहेको कार्यदल गठन गरेका थिए । तर, त्यो कार्यदलको प्रस्तावसमेत सभापति कोइरालाले अस्वीकार गरेपछि उनी राजनीतिक रूपमा देउवाभन्दा तल परेको काङ्गे्रस कार्यकर्ताहरूको ठम्याइ छ । केन्द्रीय सदस्य गगन थापा भन्छन्- ‘आफूमाथि परेको यही अवस्थाको प्रयोग गरेर देउवा आफ्नो समूहको बचाउमा लागेका छन् ।’
थापाका अनुसार देउवाको स्वार्थ ती भ्रातृ सङ्गठनसँग मात्र जोडिएको छैन, बरु उनी कोइराला तल परेको यही अवस्थालाई प्रयोग गरेर गठन हुन बाँकी केन्द्रीय विभाग, संसदीय बोर्डजस्ता संरचनामा पनि आफ्नो समूहको बलियो उपस्थिति गराउने ध्याउन्नमा छन् ।
त्यसो त, सभापति कोइराला पनि यो मुद्दामा नरम बन्दै आएको बताइन्छ । दसैँ अघिसम्म कोइराला तरुण दलको संयोजक देउवानिकटलाई नै दिएर समाधान खोज्ने भन्नेमा थिए, तर अहिले महिला सङ्घ पनि दिने ठाउँमा आइपुगेको बताइन्छ । तर, ती सङ्गठनको संयोजक पुरानैलाई दोहोर्‍याउन भने उनी पटक्कै तयार नभएको बुझिएको छ ।
फेरि पनि तरुण दलमा महेन्द्र यादव र महिला सङ्घमा अम्बिका बस्नेतलाई नै ल्याउने हो भने असोज ३ गतेको पार्टी निर्णय नै उल्टने भन्दै सभापति कोइरालालाई महामन्त्री प्रकाशमान सिंह, बलबहादुर केसीलगायतका नेताले दबाब दिएको स्रोतको दाबी छ ।
विवाद उत्पन्न भएपछि दसैँअघि बसेको कोइराला पक्षीय केन्द्रीय सदस्यहरूको बैठकले पनि सकेसम्म लचक भएर प्रस्तुत हुने निष्कर्ष निकालेको थियो । स्रोतका अनुसार केही केन्द्रीय सदस्यले एक कदम पछाडि हट्ने विषयलाई प्रतिष्ठासँग नजोड्ने हो भने समस्याको निकास निकस्ने भन्दै सभापतिलाई सल्लाह पनि दिएका थिए ।
उनीहरूले पछाडि हट्नुलाई देउवासँग झुक्नुको अर्थमा नबुझी बुद्धिमतापूर्ण निर्णय लिनुपर्ने बताए पनि महामन्त्री सिंहकै दबाबका कारण सभापति पछि हट्न डग्मगाइरहेको बताइन्छ ।
तपाईको प्रतिक्रिया