Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
नयाँदिल्ली– चार दिने सदभाव भ्रमणका लागि बिहीबार नयाँदिल्ली आइपुग्नुभएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शनिबार पनि भेटघाट तीब्र पार्दै हुनुहुन्छ । प्रधानमन्त्रीले शनिबार सुरक्षा तथा आपसी सम्बन्ध विस्तार गर्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
आजका कार्यक्रमहरुः
– भारतीय रक्षामन्त्री, गृहमन्त्री तथा सत्तारुढ दलका विभिन्न नेतासँग भेटघाटको कार्यक्रम ।
 – जवाहरलाल नेहरु विश्वविद्यालयको कार्यक्रममा सहभागी हुने ।
– नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुने ।
प्रधानमन्त्री डा. भट्टराईले शुक्रबार भने महत्त्वपूर्ण राजनीतिक भेटघाट गर्नुभएको थियो । उहाँले शुक्रबार भारतीय राष्ट्रपति प्रतिभा पाटील, उपराष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री मनमोहन सिंह, अर्थ तथा विदेशमन्त्रीसँग भेट गर्नुभएको थियो ।
प्रधानमन्त्रीले शुक्रबार भारतको संसद्की विपक्षी दलकी नेतृसँग पनि भेट गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया