Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
खलङ्गा (बैतडी)- छिमेकी गाविसको केटासँग भागेर जानेक्रममा प्रहरीले थाहा पाएपछि घरपरिवारको जिम्मा लगाइएकी गुरुखोला-९ की एक किशोरी पुनः बेपत्ता भएकी छन् ।
आफन्तको घरबाट र्फकने क्रममा १४ वर्षीया देवकी भट्टलाई श्रीकोट बस्ने कृष्ण जोशीले बाटोमा अलपत्र छोडेपछि स्थानीय मुस्याचौर प्रहरी चौकीले उनको उद्धार गरी तीनदिन अघि आफन्तलाई बुझाएको थियो ।
मुस्याचौर प्रहरी चौकीका इन्चार्ज भीम चन्दले दशरथचन्द राजमार्गको सतबाँझ बजारबाट तीनदिन अगाडि उनको उद्धार गरी बुबा मदन भट्टको जिम्मा लगाएको बताउनुभयो ।
स्थानीय केदार निमाविमा कक्षा ८ मा अध्ययनरत देवकी प्रहरीले आफ्नो जिम्मा लगाएको केही समयपछि मुस्याचौर बजारबाट पुनः बेपत्ता भएकी बुबा मदन भट्टले बताउनुभयो ।
तपाईको प्रतिक्रिया