Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

भक्तपुर – लिवियाका सत्ताच्युत शासक मुअम्मर गद्दाफीको नेटो सेनाको सहयोगमा विद्रोहीबाट भएको हत्याको विरोधमा संसारका विभिन्न स्थानमा प्रदर्शन चर्किरहेको समयमा नेपालको भक्तपुरमा समेत विरोध प्रदर्शन भएको छ ।

नेपाल मजदुर किसान पार्टी, ऊ निकट नेपाल क्रान्तिकारी विद्यार्थी संगठन र नेपाल क्रान्तिकारी युवा संघको आहृवानमा प्रदर्शन भएको हो । भक्तपुर उपहमानगरपालिका-२ सूर्यमणिबाट सुरु भएको प्रदर्शनमा करिब पाँच सय जनाले सहभागिता जनाएका थिए ।

प्रदर्शनमा अमेरिकी साम्राज्यवाद मुर्दावाद, कर्णेल गद्दाफी अमर रहुन् भन्नेजस्ता नारा लगाएका थिए । प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय सचिव रविन्द्र याख्वोले लिवियामा रहेको अथाह तेल भण्डार कब्जा गर्ने उद्देश्यले अमेरिकाले विदेशी सेना प्रयोग गरी स्वतन्त्र र सार्वभौम राष्ट्रका सरकार प्रमुखलाई अपदस्थ गरी हत्या गरेको आरोप लगाए ।

गद्दाफीको नेटो र लिवियाली अन्तरिम सरकारका सेनाले उनको गृहनगर सिर्तेस्थित एउटा भूमिगत सुरुङमा लुकेर बसिरहेको अवस्थामा नियन्त्रणमा लिएर हिजो चरम यातनापछि हत्या गरेका थिए ।

तपाईको प्रतिक्रिया