Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

दिल्ली – भारतको सद्भावना भ्रमणमा रहनु भएका प्रधानमन्त्री डा. बाबुराम भट्टराई विहानै देखि भेटघाटमा व्यस्त हुनुहुन्छ । प्रधानमन्त्री भट्टराईले आज विहान भारतीय समय अनुसार ७ बजे नयाँ दिल्लीको राजघाटमा रहेको महात्मा गान्धिको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्दै पुष्प गुच्छा चढाउनु भयो । त्यस्तै उहाँ बसेको लिला होटलमा भारतीय विदेश सचिवसँग भेट गरी दुई पक्षिय हितका विषयमा छलफल गर्नुभयो ।

उहाँले विहान १० बजे लिला होटलमै भारतीय विदेश मन्त्री एस एम कृष्णासँग भेट गरी नेपालको शान्ति प्रक्रियामा भारतले कस्तो सहयोग गर्न सक्छ भन्ने विषयमा छलफल गर्नु भयो । छलफलमा विदेश मन्त्री कृष्णाले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा भारले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । मन्त्री कृष्णाले नेपालको शान्ति प्रक्रियाको विषयमा चासो राख्नु भएको थियो ।

त्यस्तै उहाँले आजै भारतीय राष्ट्रपति प्रतिभा पाटिल र उपराष्ट्रपति मोहमद हमिद, अन्सारीसँग भेट गर्ने कार्यक्रम छ । त्यस्तै आजै अपरान्ह १२:४५ मा नेपाल र भारतका उद्योगहरुसँग भेट गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री भट्टराईले आज बेलकी साढे छ बजे भारतीय समकक्षि मनमोहन सिंहसँग भेट गर्ने कार्यक्रम छ । हैदरवाद हाउसमा हुने भेटमा दुई पक्षिय हितका विषयमा छलफल हुनेछ । त्यस्तै आज लगानी सुरक्षा सम्बन्धि सम्झौतामा हस्ताक्षर हुने सम्भावना पनि रहेको छ । यो लगत्तै प्रधानमन्त्री भट्टराई भारतीय समकक्षि सिंहले आयोजना गरेको विशेष रात्री भोजमा सहभागि हुने कार्यक्रम छ ।

 

तपाईको प्रतिक्रिया