Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
नयाँदिल्ली- नेपाल उद्योग वाणिज्य महासंघको टोली पनि प्रधानमन्त्रीसँगै भारत भ्रमणमा नयाँदिल्ली आएको छ ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट मित्रराष्ट्र भारतका प्रधानमन्त्री डा. मनमोहन सिंहको मैत्रीपूर्ण निमन्त्रणामा कार्तिक ६ गतेसम्म हुने भारतको चार दिने औपचारिक भ्रमणका साथ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल नयाँ दिल्ली आएका हुन् ।
प्रधानमन्त्री भट्टराईका साथ सम्मिलित महासंघको प्रतिनिधिमण्डलबाट भारतका समकक्षी संस्थाहरुका साथै भारत सरकारका मन्त्री, उच्च पदस्थ अधिकारी एवं व्यावसायिक नेतृत्व, संचार माध्यमसंग भेटघाट, छलफल, अन्तरक्रिया हुने कार्यक्रम उद्योग वाणिज्य महासंघले जनाएको छ ।
प्रतिनिधिमण्डलका सदस्यहरुमा एफएनसीसीआइ-सीआइआई संयुक्त आर्थिक परिषदका सह-सभापति एवं महासंघका पूर्व अध्यक्ष पद्य ज्योति, महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डिराज ढकाल, महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकणिर्कार, उपाध्यक्षहरु भवानी राणा र पशुपति मुरारका सहभागी हुनुहुन्छ ।
यसैगरी  एफएनसीसीआइ-सीआइआई संयुक्त आर्थिक परिषदका सदस्य एवं पूर्व उपाध्यक्ष दिवाकार गोल्छा,  महासंघको कार्यकारिणी समितिका सदस्यहरु ज्ञानेन्द्रलाल प्रधान, चन्द्र प्रसाद ढकाल र शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेश कुमार बस्नेत, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष लता प्याकुरेल, एफएनसीसीआइ-सीआइआई संयुक्त आर्थिक परिषदका सदस्य एवं विरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अशोककुमार टेमानी पनि भ्रमणमा हुनुहुन्छ ।
यसैगरी एफएनसीसीआइ-सीआइआई संयुक्त आर्थिक परिषदका सदस्य एवं मोरङ व्यापार संघका अध्यक्ष अविनास वोहोरा, नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधर, एफएनसीसीआइ-सीआइआई संयुक्त आर्थिक परिषदका सदस्यहरु सौर्य राणा, विजय दुगड, आरवी रौनियार, क्याविनेट श्रेष्ठ, वद्री प्रसाद ओझा, नेपाल राष्ट्रिय व्यापार उद्योग संघका अध्यक्ष कृष्ण आचार्य, टिकाराम पोखरेल, मनिषकुमार जोशी, उद्यमी प्रमोद राणा, महासंघका महानिर्देशक डा. हेमन्त दवाडी र वरिष्ठ अधिकृत अनुपकुमार श्रेष्ठ लगायत पनि दिल्ली आउनुभएको छ ।
प्रतिनिधिमण्डलमा जलविद्युत, विद्युत तथा विद्युतीय सामग्री, निर्माण व्यवसाय, इन्जिनियरिङ्ग, तयारी पोशाक, हस्तकला, पश्मिना, ऊनी गलैंचा, चिया, यातायात तथा यातायातका साधन, होटल तथा रेष्टुरा लगायतको पर्यटन, सूचना तथा सञ्चार, मेला तथा प्रदर्शनी, औषधि, जडिबुटी, खनिज, बैंक वित्त तथा विमा, आवास, पेय पदार्थ, स्टेनलेस स्टिल, निमर्ाण तथा घरायसी उपयोगका सामग्री, कृषिजन्य उद्योग तथा उत्पादन, प्लाष्टिक तथा प्लाष्टिकजन्य उद्योग, कागज तथा शैक्षिक सामग्री, काष्ठ उद्योग, अफिस सामान, आयात निर्यात आदि उद्योग व्यवसाय क्षेत्रको प्रतिनिधित्व भएको छ ।
महासंघको प्रतिनिधिमण्डद्वारा बिहीबार साँझ नै भारतीय सञ्चार माध्यमसँग एक अन्तरक्रिया गरिएको छ भने बिहीबार एफएनसीसीआइ-सीआइआई संयुक्त आर्थिक परिषदको बैठक नयाँ दिल्लीमा हुँदैछ ।
तपाईको प्रतिक्रिया