Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– शान्ति र संविधान निर्माण प्रक्रिया अलपत्र पारेर शीर्ष नेताहरु विदेश भ्रमणमा जान लागेको भन्दै तीब्र विरोध भएपछि एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतवारदेखि गर्ने भनिएको कम्बोडिया भ्रमण स्थगित गर्नुभएको छ ।
शान्ति र संविधान निर्माण प्रक्रिर्यालाइ निश्कर्षमा पुर्‍याउनुपर्ने देशको राजनीतिक अबस्थालाइ मध्यजर गरेर भ्रमण स्थगित गरिएको प्रचण्डका सहयोगीहरुले बताएका छन् । नेपालको शान्ति प्रक्रियाबारे एसियाली राजनीतिक पार्टीको संगठन एक्यापले आयोजनामा गरेको सम्मेलनमा भागलिन प्रमुख दलका शीर्ष नेताहरु कम्बोडिया जाने तयारी गरेका थिए ।
सेना समायोजनको अनुभवबारे छलफल गर्न आयोजित कार्यक्रममा प्रमुख तीनदलका पाँच÷पाँच जना नेता सहभागी हुने कार्यक्रम थियो । कांगे्रस सभापति सुशील कोइराला पनि उक्त कार्यक्रममा सहभागी नहुने कांगे्रस स्रोतले जनाएको छ ।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान निर्माण प्रक्रियालाई अलपत्र छाडेर विदेश भ्रमणमा नजान नेताहरुलाइ आग्रह गर्दै आउनु भएको थियो । राष्ट्रपति रामबरण यादवसँगको भेटमा पनि नेम्वाङले नेताहरुको विदेश भ्रमणप्रति चिन्ता जनाउनु भएको थियो ।
तपाईको प्रतिक्रिया