शनिबार, आषाढ ०८, २०८१
Saturday, June 22, 2024
म्याग्दी- राउन्ड धौलागिरि पदमार्गमा हिउँमा चिप्लिएर एक भारतीय पर्यटकको मृत्यु भएको छ ।
म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरि हिमालको फेदीबाट मुस्ताङको मार्फा जानेक्रममा भारत कोलकताका ५१ बर्षीय उत्तल विश्वासको याकखर्कमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
याकखर्क जानेक्रममा मौसममा खराबी आएपछि सम्पर्कविहीन भएका विश्वासको हिउँमा चिप्लिएर मृत्यु भएको उनका साथी अरिन्डोम मण्डलले बताएका छन् ।
मृतकको शवलाई बिहीबार जिल्ला अस्पताल मुस्ताङमा पोस्टमार्टम गरी हेलिकप्टरमार्फत भारतीय दूतावासमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया