
भ्रमणमा प्रधानमन्त्री पत्नी हिसिला यमी, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाश, भौतिक योजना तथा निर्माण मन्त्री हृदयश त्रिपाठी, सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ता लगायत छन् ।
प्रधानमन्त्री भट्टराईले भोलिदेखि औपचारिक भेटवार्ता शुरु गर्नुहुनेछ । भ्रमणमा जानुअघि अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसित कुरा गर्दै उहाँले आफ्नो भारत भ्रमण सद्भाव भ्रमण मात्र रहेको प्रतिकृया दिनुभयो । भ्रमणका क्रममा भारतसँग नेपालको राष्ट्रिय एकता, अखण्डता र सार्वभौमसत्ता विरोधी कुनै पनि सन्धि सम्झौता नहुने उहाँले स्पष्ट पारिसक्नु भएको छ ।
भारतमा रहँदा प्रधानमन्त्री भट्टराईले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख दलका शीर्ष नेता लगायतसंग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । चार दिने भ्रमण पूरा गरी उहाँ आउँदो ६ गते स्वदेश फर्कनुहुनेछ ।
प्रधानमन्त्रीको भ्रमण कार्यक्रम
कात्तिक ३ गते
-त्रिभुवन विमान स्थलबाट नेपाल वायु सेवा निगमको विमान आरए २०५ मार्फत नयाँ दिल्ली प्रस्थान ।
-दिउसो २ बजेः इन्दिरा गान्धी विमान स्थल, दिल्ली ।
-जवाहरलाल नेहरु विश्व विद्यालयका आफ्ना साथीहरु सँग भेटघाटः होटल लीला प्यालेस ।
-साउथ एसिया फोरम फर पिपल्स् इनिसिएटिभको कार्यक्रममा सहभागी हुने ।
-नेपाल डेमोक्रेसी सोलिडारिटी कमिटीको कार्यक्रमः होटल ताज प्यालेस ।
कात्तिक ४ गते
-भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग दिल्ली स्थित हैदरावाद हाउसमा भेटवार्ता तथा रात्री भोज ।
-राष्ट्रपति प्रतिभादेवी सिंह पाटिल, उपराष्ट्रपति हमीद अन्सारी तथा अन्य राजनीतिक दलका नेताहरुसँग भेटवार्ता ।
-दिल्लीको राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा माल्यार्णप ।
-अन्य अन्तक्रियात्मक कायक्रमहरुमा सहभागी ।
कात्तिक ५ गते
-भारतीय रक्षामन्त्री, गृहमन्त्री तथा सत्तारुढ दलका विभिन्न नेतासँग भेटघाटको कार्यक्रम ।
-जवाहरलाल नेहरु विश्वविद्यालयको कार्यक्रममा सहभागी हुने ।
-नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुने ।
कात्तिक ६ गते
-दिल्ली स्थित एयर फोर्स स्टेशन अवलोकन गर्ने ।
-स्वदेश फर्कने ।